बजार संक्षेप

ग्लोबल आइएमईले ल्यायो एनआरएन लक्षित खाता

  नागरिक   2019-09-29

काठमाडौं– गैरआवासीय नेपालीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चारवटा नयाँ खाता सञ्चालनमा ल्याएको छ । नयाँ खातामा ग्लोबल एनआरएन एफसिवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसिवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसिवाई बचत खाता र ग्लोबल एनआरएन एफसिवाई बचत खाता रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ । 
अमेरिकी डलरमा खोल्न सकिने एनआरएन एफसिवाई बचत खाता तथा मुद्दति निक्षेपमा वार्षिक चार प्रतिशतसम्म ब्याज प्रदान गरिने बैंकले जनाएको छ । त्यस्तै नेपाली मुद्रामा खोलिने एनआरएन एफसिवाई मुद्दति निक्षेपमा ९.२५ प्रतिशत तथा बचत खातामा वार्षिक ६ प्रतिशतसम्म ब्याज प्रदान गरिने उल्लेख छ । 
उक्त खाता सञ्चालकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिँदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ । साथै खातावाला वा खातावालाको परिवारलाई घरकर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ ।
हाल बैंकले एक सय ४५ शाखा, ३० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, एक सय ८५ शाखारहित बैंकिङ सेवा, एक सय ४८ एटिएम र तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ । 
 

यसमा तपाईको मत