बजार संक्षेप

ग्लोबल आइएमई बैंकको सम्झौता

  नागरिक   2021-09-29

ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहबीच सम्झौता भएको छ। बैंकले हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।

सम्झौतामा बैंकका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ तथा मुसीकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाँउपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्ट, मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा, मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी र धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले हस्ताक्षर गरेका छन्। 

यसमा तपाईको मत