बजार संक्षेप

‘आइएमई डबलको डबलको डबल’ का विजेता घोषित

  नागरिक   2021-09-28

आइएमईले ‘डबलको डबलको डबल अफर’ अन्तर्गत पहिलो साताको विजेता सार्वजनिक गरेको छ। चाडपर्व लक्षित अफरमा ‘लक्की ड्र’मार्फत सेवाग्राहीद्वय केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन्।

पानीपोखरी, काठमाडौंस्थित आइएमईको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित फेसबुक लाइभमार्फत सो नजिता सार्वजनिक गरिएको थियो।

उनीहरूले युएई र कतारबाट अफर अवधिमा क्रमशः ४१ हजार ५ सय ७ र ४८ हजार २० रूपैयाँ आफन्तलाई पठाएका थिए। आइएमईले उनीहरूका आफन्तलाई क्रमशः ८३ हजार १४ र ९६ हजार ४० रूपैयाँ उपहारस्वरूप प्रदान गर्नेछ।

 

यसमा तपाईको मत