बजार संक्षेप

ग्लोबल आइएमईको शाखा कटारी बजारमा

  नागरिक   2021-10-27

ग्लोबल आइएमई बैंकले उदयपुरको कटारी बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ।

उक्त शाखासहित बैकका देशभर दुई सय ८३ शाखा, दुई सय ५१ एटिएम, दुई सय ६० शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सय ४० भन्दा बढी केन्द्रबाट सेवा दिँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको मत