बजार संक्षेप

मनकामना केबुलकारको उपहार योजना

  नागरिक   2019-11-03

काठमाडौं– मनकामना केबुलकारले आफ्नो २१औं वार्षिकोत्सवको अवसर पारेर उपहार योजना सार्वजनिक गरेको छ । 
उक्त योजनाअन्तर्गत केबुलकार चढेर मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने कम्पनीले जनाएको छ । 
योजनामा पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको एलजी स्मार्ट टिभी र तेस्रो पुरस्कार सामसुङ स्मार्ट मोबाइल रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
कम्पनीले यात्रुलाई सम्मान गर्ने उद्देश्यले उपहार योजना सार्वजनिक गरेकोे जनाएको छ । कात्तिक ७ देखि सञ्चालनमा रहेको योजना आगामी मंसिर ७ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ ।
कम्पनीले मंसिर ८ गते वार्षिकोत्सवको विशेष अवसरमा लक्की ड्रमार्फत विजेता घोषणा गर्नेछ । यस योजनामा कम्पनीका कर्मचारी र कर्मचारीका परिवार, विदेशी नागरिक, स्थानीय बासिन्दा र बालबालिकामा भने लागू नहुने कम्पनीले जनाएको छ ।
 

यसमा तपाईको मत