बजार संक्षेप

जेनेस सोलुसनले रोजगारी विशेष परियोजना सञ्चालन गर्ने

  नागरिक   2019-09-23

काठमाडौं– क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकास सम्बन्धी विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगस्टदेखि युकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप)सँग सहकार्य सुरु गरेको छ ।
जेनेस सोलुसनका निर्देशक निरञ्जन उदास र युकेएड सीपका टिम लिडर बलजीत बोहराले जनकपुरमा आयोजित विशेष कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र डिएफआइडी नेपालकी प्रमुख लिजाहोनानको उपस्थितिमा सहकार्य सहमतिपत्रमा हस्ताक्षर गरे ।  
साझेदारीपत्र हस्ताक्षरपछि जेनेसका निर्देशक उदासले विश्वव्यापी मान्यता प्राप्त क्लाउड कम्प्युटिङ प्रशिक्षण र प्रमाणीकरणसम्मको पहुँच प्रदान गर्ने तथा त्यसलाई अंगीकार गरी नेपालमा शैक्षिक संस्थाको क्षमता अभिवृद्धिका साथै नेपाल र विश्वभर रोजगारी उपलब्ध गराउने गरी जेनेस क्लाउड एकेडेमी नामको विशेष परियोजना सञ्चालन गर्ने तयारी गरेको बताए । 
जेनेसले नेपालमा उद्योगमुखी क्लाउड कम्प्युटिङ प्रशिक्षण प्रदान गर्न र अमेजनको जब पोर्टलमार्फत विश्वव्यापी रोजगारीमा पहुँचका लागि लोकप्रिय अमेजन वेब सर्भिस (एडब्लुएस) एजुकेट प्रोग्राम सञ्चालन गर्ने उदासले जानकारी दिए ।
परियोजनाको पहिलोवर्षमा जेनेसले नेपालकाविभिन्न सहरहरूका (प्रदेश नं २ र ५ मा केन्द्रीत रहँदै) २५ भन्दा बढी शैक्षिक प्रतिष्ठानहरूसँग रणनीतिक सहकार्य विकसित गर्ने संस्थाले जनाएको छ । यसअन्तर्गत  विद्यार्थी र शिक्षकहरूलाई उदाउँदा क्लाउड कम्प्युटिङका विषयहरूमापहुँचका उपकरण (एक्सेस टुल्स), पाठ्यकक्रम र प्रमाणीकरणमा मार्ग प्रशस्त गर्नका लागि एडब्लूएस एजुकेट प्रोग्राम, माइक्रोसफ्ट लर्न प्रोग्राम जस्ता अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त तालिमकाविधिहरू (मोड्युल)लाई अंगीकार गर्न प्रोत्साहन गर्ने संस्थाले जनाएको छ ।
यूकेएड सीपसँगको सहकार्य र परियोजनाका दृष्टिकोणहरूबारे प्रकास पार्दै जेनेस सोलुसनका संस्थापक एवं ग्लोबल प्रमुख प्राविधिक अधिकृत (ग्लोबल सीटीओ) अञ्जनी फुयाँलले शिक्षाको प्रमाणपत्र भएका तर, सूचना प्रविधि वा सूचना प्रविधिजन्य कम्पनीहरूमा ठाउँ पाउने पर्याप्त दक्षता नभएका बिद्यार्थीहरु आफुले पर्याप्त संख्यामा देख्दै आएको भन्दै, जोसँग उद्योग र नेपालको शैक्षिक क्षेत्रबीचको ग्यापमा पुलको काम गर्ने मूलअवधारणाले जेनेस क्याउड एकेडेमी आरम्भ गर्ने परियोजना सञ्चालन गर्न लागिएको हो बताए ।
यूकेएड सीपका टिम लिडर बलजीत बोहराले यो साझेदारीमार्फत समस्याको जरै तहमा काम गरेर परिस्थितिमा परिवर्तन ल्याउन चाहेको बताए । उनले नेपालमायुवा बेरोजगारी बढ्दो समस्याका रूपमा रहेका बेला सूचना प्रविधि उद्योगले भने आफ्ना रिक्तपदपूर्तिका लागि योग्य उम्मेदवार नै नपाउने समस्या झेलिरहेको बताए । उनले यो परियोजनाका माध्यमबाट जेनेस सोलुसनले नेपालका क्याम्पसका विद्यार्थीहरूलाई आवश्यक ज्ञान र सीप युक्त बनाउने गरि प्रशिक्षित गर्ने, स्थानीय र विश्वस्तरमा रोजगारी उपलब्ध गराउने तथा केही हदसम्म भए पनि युवा बेरोजगारी कम गर्ने लक्ष्यलिएको बताए ।


 

यसमा तपाईको मत