बजार संक्षेप

नेपाल बैंकको साधारण सभा सम्पन्न

  नागरिक   2020-01-10

काठमाडौँ- आज मिति २०७६/०९/२५ गते शुक्रबारका दिन नेपाल बैंक लिमिटेडको ६०औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष श्री वासुदेव अधिकारीज्यूको अध्यक्षतामा नेपाल एपीएफ क्लव, हलचोक, काठमाडौमा सम्पन्न भयो । यस अवसरमा बैंकको आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५/७६ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमा छलफल भई पारित भएको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यसै गरी सभाले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने रु.९८,११,१४,८००/– (अक्षेरुपी अन्ठानब्बे करोड एघार लाख चौध हजार आठ सय) नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने रु.१,४७,१६,७२,२००/– (अक्षेरुपी एक अर्ब सत्चालिस करोड सोह्र लाख बहत्तर हजार दुई सय) बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । बैंकको अधिकृत पूँजी रु.१० अर्बबाट बृद्धि गरी रु.१५ अर्ब कायम गर्ने, जारी तथा चुक्ता पूँजीमा बृद्धि गरी रु.११,२८,२८,२०,२००/– (अक्षेरुपी एघार अर्ब अठ्ठाइस करोड अठ्ठाइस लाख बीस हजार दुई सय) कायम गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको जानकरी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।


 

यसमा तपाईको मत