बजार संक्षेप

जनरल इन्स्योरेन्सको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल

  नागरिक   2019-10-02

काठमाडौं– जनरल इन्स्योरेन्स कम्पनी नेपालले एनआइबिएल एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । प्रतिसेयर सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता साधारण सेयर सर्वसाधारणमा बेच्न उक्त कम्पनीलाई नियुक्त गरेकोे विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतापत्रमा जनरलका महाप्रबन्धक एसके तमोट र एनआइबिएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । 
हाल जनरल इन्स्योरेन्सले ३७ शाखा कार्यालय र १० तेस्रो पक्ष बिमा काउन्टरमार्फत बिमा सेवा दिँदै आएको जनाएको छ । 
 

यसमा तपाईको मत