बजार संक्षेप

सिभिल बैंकको साधारण सभा सम्पन्न

  नागरिक   2019-12-22

काठमाडौँ- सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७% का दरले हुन आउने रु.५२,५८,२२,७०१।५८ (अक्षरेपी बाउन्न करोड अन्ठाउन्न लाख बाईस हजार सात सय एक रुपैया अन्ठाउन्न पैसा मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

साथै सभाले आ.व. २०७६/०७७ को लेखापरिक्षण गर्नको लागि NBSM & Associatesलाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन ( मर्जर ) वा प्राप्ति (एक्विजिसन ) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ। 

अहिले सम्म सिभिल बैंकको शाखा संख्या १०२ र एटियम संख्या ७६ पुगेको जानकारी उक्त जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

 

यसमा तपाईको मत