बजार संक्षेप

एनएमबि बैंकको साधारण सभा

  नागरिक   2020-01-12

काठमाडौँ- एनएमबि बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिक साधारण सभा यहि मिति २०७६ पौष २४ गते, बिहिबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा संचालक समितिका अध्यक्ष श्री पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ ।
 
साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनश शेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

उक्त साधारण सभाले सञ्चालक पदमा संस्थापक शेयरधनीबाट श्री पवन कुमार गोल्याण, एफएमओको तर्फबाट श्री नीको पिल र कर्मचारी संचय कोषको तर्फबाट श्री राजेन्द्र काफ्ले तथा सर्वसाधारण शेयरधनीबाट श्री शिरिश कुमार मुरारका, श्री योगेन्द्र लाल प्रधान श्री र उत्तम भ्लोनलाई नर्वाचित गरेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

हाल बैंकले १६३ वटा शाखा, ५ एक्स्टेन्सन काउन्टर तथा १२८ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 


 

यसमा तपाईको मत