बजार संक्षेप

नेपाल बङ्गलादेश बैंकको साधारणसभा सम्पन्न

  नागरिक   2019-12-23

काठमाडौँ- नेपाल बङ्गलादेश बैंक लिमिटेडको पच्चिसौं बार्षिक साधारणसभा २०७६ साल पौष ०७ गते सम्पन्न भएको छ । उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७५/७६ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्य संग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

समिक्षा अवधिमा बैंकको कुल निक्षेप २४.५५ प्रतिशतले बृद्धि भई रु.५९.७६ अर्ब पुगेको छ भने कुल कर्जा २९.१६ प्रतिशतले बृद्धि भई रु. ५५.७२ अर्ब पुगेको छ । बैंकको वासलातको आकार २४.२४ प्रतिशतले बृद्धि भई रु. ७६.२५ अर्ब पुगेको कम्पनीले उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ। 

यसमा तपाईको मत