बजार संक्षेप

जेम एन्ड ज्वेलरी एक्स्पो हुँदै

  नागरिक   2020-01-01

काठमाडौं– तेस्रो नेपाल जेम एन्ड ज्वेलरी एक्सपो–२०२० आयोजना हुने भएको छ । आगामी जनवरी १० देखि १२ सम्म सोल्टी होटलमा हुने उक्त एक्सपो नेपाल रत्न तथा आभूषण संघ (नेग्जा)को आयोजनामा हुन लागेको हो ।
नेपाल सरकार, नेपालस्थित कूटनीतिक नियोग लगायत निजी क्षेत्रका महासंघ, संघ आदि संस्थासँगको सहकार्यमा आयोजना हुने एक्सपोमा मुलुकका प्रमुख एवं प्रतिष्ठित करिब ४० ज्वेलर्स कम्पनीले आफ्ना उत्पादन प्रदर्शन गर्ने जनाइएको छ । १० हजारभन्दा बढीले एक्सपो अवलोकन गर्ने विश्वास आयोजकको छ । उक्त एक्सपोमार्फत नेपालका मौलिक र अत्याधुनिक गरगहनाबारे विस्तृत जानकारी गराई आन्तरिक तथा बाह्य बजार प्रवद्र्धन गरिने जनाइएको छ ।
 

यसमा तपाईको मत