बजार संक्षेप

विज्ञापन संघको प्रदेश संयोजकमा गौतम

  नागरिक   2019-12-20

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) को गण्डकी प्रदेश संयोजकमा शोभा गौतम चयन भएकी छन् । संघको कार्यसमितिको निर्णय अनुसार गौतमलाई गण्डकी प्रदेश संयोजक चयन गरिएको जनाइएको छ । 
प्रदेश संयोजक गौतम पोखरास्थित सफल एडभर्टाइजिङकी प्रबन्ध निर्देशक हुन् । उनी विगत पाँच वर्षदेखि विज्ञापन, सञ्चार र इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा कार्यरत रहेको जारी विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत