बजार संक्षेप

अशोक लेलैन्डका गाडीलाई गरिमा बैंकबाट कर्जा

    2019-07-28

काठमाडौं– आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्ड र गरिमा विकास बैंकबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार उक्त बैंकबाट आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले सहज रुपमा अशोक लेलैन्डको विभिन्न प्रकारका सवारी साधनमा ७० प्रतिशतसम्मको कर्जा सुविधा लिन सकिने जनाइएको छ ।
सम्झौताबाट ग्राहकलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने कम्पनीको दाबी छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र आइएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए खानले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।


 

यसमा तपाईको मत