बजार संक्षेप

रुपन्देहीको मुर्गियामा गरिमा बैंक

  नागरिक   2020-01-10

काठमाडौं– गरिमा विकास बैंकले रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा शाखा विस्तार गरेको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले गरेको बैंकले जनाएको छ । 
उक्त शाखामार्फत त्यस क्षेत्रको पुँजी परिचालन तथा व्यावसायिक विकास र सहज बैंकिङ सेवा प्राप्त हुनेमा बैंकको विश्वास छ । 
हाल बैंकले देशभर ९० शाखा, ५१ एटिएम र गरिमा रेमिटका करिब १० हजार एजेन्टमार्फत बैंकिङ सेवा दिँदै आएको छ । 
 

यसमा तपाईको मत