बजार संक्षेप

ग्यालेक्सी एम ३० एस नेपाली बजारमा

  नागरिक   2019-10-02

काठमाडौं–सामसङले नयाँ ग्यालेक्सी एम स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले विद्यमान ग्यालेक्सी एम स्मार्टफोनको लाइनमा अब एम ३० एस पनि समावेश भएको जनाएको छ । ग्यालेक्सीका एमलाइनमा–एम १०, एम २० तथा एम ४० समावेश रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
ग्यालेक्सी एम ३० एसमा शक्तिशाली ६००० एमएएच ब्याट्री रहेको रहेको र जसलाई चार्ज गरेपछि २९ घन्टाको भिडियो प्लेब्याक, ४९ घन्टाको भ्वाइस कल, एक सय ३१ घन्टाभन्दा बढी म्युजिÞक प्लेब्याकको सुविधा प्राप्त गर्न सकिने जनाएको छ । 
उक्त फोनमा टाइप सी १५ बाट फास्ट चार्जका साथै सुपर एमओलेड डिस्प्ले, ४८ मेगापिक्सलको क्यामेरा, ६.४ इन्च एफएचडी प्लस सुपर एमोलेड इन्फिनिटी यू डिस्प्ले र ट्रिपल रियल क्यामेरा रहेको उल्लेख छ । फोनको मुख्य क्यामेरा ४८ मेगापिक्सल र ५ मेगापिक्सलको लाइभ फोकस क्यामरासहितको फिचर तथा १६ मेगापिक्सल फ्रन्ट क्यामेरा उपलब्ध रहेको कम्पनीको दाबी छ । 
 

यसमा तपाईको मत