बजार संक्षेप

आज देखी हिमालयन आर्ट फेस्टिभल हुँदै

  नागरिक   2019-09-29

काठमाडौं – आज देखी हिमालयन आर्ट फेस्टिभल हुने भएको  छ १ सय ५० जना कलाकारका २ सय वटा पेन्टिङ प्रदर्शन हुने भएको हो।
नेपाली कलाकारको कलाकारितालाई विश्वसामु चिनाउने उद्देश्यले काठमाडौंको नेपाल आर्ट काउन्सिल बबरमहलमा असोज १२ देखि १६ गतेसम्म हिमालयन आर्ट फेस्टिभल हुन लागेको हो ।

हिमालयन आर्ट फेस्टिभलमा १ सय ५० जना कलाकारको २ सय पेन्टिङ प्रदर्शनमा राखिने जानकारी आयोजकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। फेस्टिबलमा ८ हजारदेखि २५ लाखसम्मका पेन्टिङ राखिएको आयोजक हिमालयन आर्ट फेस्टिभलले उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
पत्रकार सम्मलेनमा बोल्दै आयोजक सदस्य बिदाता केसीले भनिन्, ‘नेपाली कलाकारितालाई विश्वसामु चिनाउने उद्देश्यले प्रर्दशनी राखिएको हो ।

नेपालका कलाकारले बनाएका चित्रलाई विश्वबजारमा चिनाउने हिसाबले नेपाली कलाकारको बायोडाटासहित अनलाइनमा पेन्टिङ राखिएको केसीले बताइन् । हिमालयन आर्ट फेस्टिभलमा नेपालका प्रशिक्षार्थी कलाकारदेखि दिग्गज कलाकारको उपस्थिति रहने आयोजकले जनाएको छ ।
फेस्टिभलमा चित्रकलाका चर्चित व्यक्तित्व उत्तम नेपाली लगायतका कलाकारले आ–आफ्नो कला देखाउने छन् । उत्तम नेपाली कलाका क्षेत्रमार्फत आवाजलाई अनुवाद गर्न सक्षम कलाकार हुन् । उनको रंगमा उत्सादी र चित्रात्मक संयोजनमार्फत भावना र अनुभूतिजन्य संयोजनमा जोड दिएको पाइने पौवा कलाकार अजय बज्राचार्यले बताएको जानकारी गराइएको छ।


प्रदर्शनीमा पेन्टिङ, पौवा, प्रिन्ट मेकिङ, डान्स, सेरामिक लगायतका पेन्टिङ तथा नाच प्रदर्शन हुने छन् । ‘मानिसको शरीरलाई वस्तु जस्तै ठानेर कलात्मक शैलीमा उतार्ने हाम्रो प्रयास रहने छ,’ बिन्दू स्पेसका संयोजक पृथ्वी श्रेष्ठले भने, ‘हामीले विभिन्न गीत, लाइट र मानव शरीरको संयोजनमा कलाकारिता प्रदर्शन गर्ने हो । यसलाई नाच मात्र नभएर कलाकारिताको रुपमा लिइन्छ।

नेपालमा विदेशी पेन्टिङलाई प्राथमिकता दिने गरिएपनि नेपाली कलाकारले चलाएको कूचीले पनि राम्रो पेन्टिङ बनाउन सक्ने आयोजक सदस्य बिदाता केसीले बताइन् ।
‘हामी विदेशी आर्टिस्टको मात्र पेन्टिङ राम्रो भन्ठान्छौं तर नेपाली मौलिकतामा पनि धेरै राम्रो पेन्टिङ हुन्छ । यहाँसम्म आएर नेपाली पेन्टिङहरूको पनि अवलोकन गरिदिन आग्रह गर्दछु,’ उनले भनिन् ।

यसमा तपाईको मत