बजार संक्षेप

एभरेस्ट बैंकका ग्राहकलाई होटल स्नो पिकमा छुट

  नागरिक   2019-09-08

काठमाडौं– एभरेस्ट बैंकले ग्राहकलाई छुट र स्पेसल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो पिकसँग साझेदारी गरेको जनाएको छ । 
बैंक र होटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकले आवास, खाना र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् । ग्राहकले बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र एक सय २० एटिएम तथा बृहत् बाह्य सञ्जालमार्फत सेवा दिँदै आएको जनाएको छ । 
 

यसमा तपाईको मत