बजार संक्षेप

निःशुक्ल फन्ड ट्रान्सफरको

  नागरिक   2019-09-08

काठमाडौं– नेपाल क्लियरिङ हाउसले कनेक्ट आएपिएस ई–पेमेन्ट प्रणालीमा प्रयोगकर्ताबीच निःशुक्ल फन्ड ट्रान्सफरको सुविधा सुरु गरेको छ ।
कम्पनीले सीमित अवधिका लागि सेवा सुरु गरिएको जनाउँदै उक्त सुविधा अन्तर्गत कनेक्ट आइपिएस प्रणालीमा आफ्नो बैंक खाता लिंक गरी भेरिफाई गराइसकेका ग्राहकले मोबाइल नम्बरको आधारमा गरिने फन्ड ट्रान्सफर निःशुल्क गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस सेवाले कनेक्ट आइपिएसका ग्राहकलाई सिधै आफ्नो बैंक खाताबाट रियल–टाइम फन्ड ट्रान्सफर गर्न थप सुविधा पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।
एनसिएचएलले ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत ग्राहकका लागि बैंक खातामा आधारित रियल–टाइम भुक्तानी गर्न कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली सञ्चालन गरिरहेको जनाएको छ । यस प्रणालीमा अनलाइन फन्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर, क्रेडिट कार्ड÷बिल, राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिस्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोषसम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेटमा फन्ड लोड, नेप्से अनलाइन ट्रेडिङ तथा सेयर ब्रोकरलाई भुक्तानी लगायत सेवा उपलब्ध रहेको उल्लेख छ । 
 

यसमा तपाईको मत