बजार संक्षेप

एनआइसी एसियाको सोल्टीमा निःशुल्क डिनर अफर

  नागरिक   2020-02-11

काठमाडौं– एनआइसी बैंकले भ्यालेन्टाइन डेलाई लक्ष्य गरी बैंकको मोबाइल बैंकिङ एप मो बैंकमार्फत कारोबार गर्ने ग्राहकलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डेको दिन निःशुल्क डिनरको व्यवस्था गरेको छ ।
माघ २८, २९ र ३० गतेसम्म बैंकको मोबाइल बैंकिङ एप मो बैंकमार्फत कारोबार गर्ने २० भाग्यमानी ग्राहकले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन । यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्ने ग्राहकलाई फोनमार्फत जानकारी दिनेछ । यो योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’को लक्ष्यलाई टेवा पु¥याउने बैंकको विश्वास छ । हाल बैंकले तीन सय १३ शाखा, चार सय ४२ एटिएम, एक सय आठ एक्सटेन्सन काउन्टर एवं ५१ शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।
 
 

यसमा तपाईको मत