बजार संक्षेप

सिद्धार्थ बैंकका चार शाखा थपिए

  नागरिक   2019-11-03

काठमाडौं– सिद्धार्थ बैंकले एकसाथ चारवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिराहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ । 
उक्त शाखामार्फत सर्वसाधारण र व्यवसायी सबैले निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पाउने बैंकले जनाएको छ ।
हाल बैंकले एक सय ७१ (चार एक्सटेन्सन काउन्टरसहित) एक सय एक शाखारहित बैंकिङ सेवा, एक सय ८७ एटिएम र १६ सयभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिँदै आएको जनाएको छ । 

यसमा तपाईको मत