बजार संक्षेप

काठमाडौं मेरियटलाई लिडरसीप एवार्ड सहित थप पाँच एवार्ड

  नागरिक   2019-12-19

काठमाडौं—सन् २०१९ देखि सन्चालनमा आएको काठमाडौं मेरियट होटलले नेपाल होटल इन्डष्ट्री लिडरसीप एवार्ड—२०१९ सहित पाँच वटा प्रतिष्ठित एवार्ड जितेको छ । वल्र्ड मार्केटिङ कंग्रेसले प्रदान गर्ने उक्त एवार्डलाई प्रतिष्ठित एवार्ड मानिन्छ । 
संसारको प्रख्यात मेरियटको नेपाली चेन काठमाडौं मेरियट होटलले यस्तै सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एवार्ड, बेस्ट वार अफ द इयर एवार्ड, वेस्ट इयर भेनु अफ द इयर एवार्ड, वेस्ट होटल लन्च अफ द इयर एवार्ड समेत जितेको हो । प्रतिस्पर्धामा सहभागी ५ सय होटलमध्येबाट मेरियटले उक्त महत्वपूर्ण पाँच एवार्डहरु जितेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
एवार्ड जितेपछि काठमाडौं मेरियट होटलका महाप्रबन्धक जीन लुइस रिपोचेले भने, ‘हामी मे २०१९ मा नेपालमा सेवा सुरु गरेका हौं । हामीले केही महिनामा प्राप्त गरेको यो एवार्ड हाम्रा टीम सदस्यहरूको संयुक्त प्रयास हो । काठमाडौं मेरियट होटलको टिमलाई बधाई ।’ उनले सधैं उत्तम व्यक्तिलाई प्राथमिकता दिने, प्रशिक्षण र विकासको अवसरहरू प्रदान गरेर स्थानीय प्रतिभा बढाउँदै लैजाने उल्लेख गरेको व्यहोरा उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
महाप्रवन्धक लुइसले आफूहरु निरन्तर सेवामा सुधार गर्दै आएको उल्लेख गर्दै वित्तीय प्रदर्शनदेखि परोपकारी पहलहरू, पाहुनाहरूलाई उत्तम अनुभव गराउने, मनोरन्जन प्रदान गर्ने र नेपालको मध्य—भागमा अनुपम सेवा प्रदान गर्न सदैव तयार रहेको जनाए । जीएमले भने, ‘हामी सबै अतिथिहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । जसले हामीलाई होटलमा बेस्पोक सेवाहरू र अनुभव प्रदान गर्ने अवसर दिएका छन् ।’
 

यसमा तपाईको मत