बजार संक्षेप

फर्स्ट माइक्रोफाइनान्सको सभा सम्पन्न

  नागरिक   2019-10-16

काठमाडौं– फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको दसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुरेन्द्रराज रेग्मीले प्रस्तुत गरेको आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । सभाले नेपाल वित्तीय विवरण प्रतिवेदन मान बमोजिम तयार गरिएको वार्षिक वित्तीय विवरणसहितको लेखापरीक्षण प्रतिवेदन र सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
सर्वसाधारण सेयरधनी समूहबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिको बैठकबाट ज्ञानेन्द्र इवाहाङलाई नियुक्त गरेकोमा साधारणसभाले अनुमोदन गरेको जनाइएको छ ।
 

यसमा तपाईको मत