बजार संक्षेप

नेपालमा म्यापल बियर स्कुलको पहिलो केन्द्र

  नागरिक   2020-02-01

काठमाडौँ- बुढानिलकण्ठ स्थित चपालीमा म्यापल बियर दक्षिण एशियाले आफ्नो पहिलो केन्द्रको उदघाटन गरेको छ। स्कूलले ६ हप्ता देखि १० वर्ष सम्म उमेर समूहका बच्चाहरूलाई शिक्षा र बच्चा हेरचाह कार्यक्रम प्रदान गर्दछ। बीस देश भन्दा बढि मुलुकमा ४४७ वटा स्कुलबाट तिब्र बृद्धि भएको अन्तराष्ट्रिय शैक्षिक ब्राण्ड मध्ये Maple Bear South Asia विश्वव्यापी रुपमा गणना गरिएको क्यानेडियाली प्रारम्भिक शिक्षा तथा अन्य शैक्षिक अभ्यासहरु भारत,बंगलादेश,श्रीलंका र नेपालमा उपलब्ध गराउनुको साथै शिशु स्याहार कार्यक्रमहरु,शैक्षिक अभ्यास,सुरक्षित तथा पारिवारीक वातावरणमा विद्याथीहरुलाई आजीवन सीक्ने चाहना जगाउने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।  

आज दक्षिण एशियाका १२५ भन्दा बढि Maple Bear स्कुलहरुमा ८००० भन्दा बढि विद्यार्थीहरुले क्यानाडाली शिक्षा संकायहरुको विधि र पाठ्यक्रम विकासबाट फाइदा लिइरहेका छन् र यो संख्या निरन्तर बढ्दै गइरहेको उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
 
म्यापल बेयर साउथ एशिया ,म्यापल बेयर ग्लोबल स्कुल लिमिटेड,क्यानडा तथा Modi Edutech(मोदी ग्रुप) संगको संयुक्त लगानीमा संचालित एक स्कुल भएको जानकारी उक्त जारी बिज्ञप्तिमा जनाइएको छ  । 
 
 

यसमा तपाईको मत