बजार संक्षेप

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

  नागरिक   2019-09-19

काठमाडौं-जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
निगमको निर्णयअनुसार यो व्यवस्था आसेज १ देखि लागू हुनेगरी जेष्ठ नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराए ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संस्थागत सामाजिक उत्तरदायित्वलाई कार्यरुप दिन निगमले क्यान्सर पीडित बिरामीलाई पनि निःशुल्क र छुटका टिकट उपलब्ध गराउँदै आएको जनाएको छ ।
 

यसमा तपाईको मत