बजार संक्षेप

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

  नागरिक   2019-09-19

काठमाडौं– डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ । सोही अवसरमा ग्रुपले डोल्मा कन्सल्टिङ तथा डिएफआइडीद्वारा समर्थित डोल्मा हिमालयन इनर्जीको पनि शुरुवात गरेको छ ।
डोल्मा इम्प्याक्ट फन्डले दुईवटा हाइड्रोपावर परियोजना, दुईवटा सोलरपावर परियोजना, तीनवटा टेक्ननोलोजी कम्पनी तथा दुईवटा स्वास्थ्य सेवासँग सम्बन्धित कम्पनीमा लगानी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले नेपालमा इम्प्याक्ट लगानी तथा प्राइभेट इक्विटी मार्केटको अगुवाइ गरेको छ र नेपालमा आर्थिक वृद्घि, उत्पादकत्व तथा रोजगारी सिर्जनामा एफडिआईको गहकिलो असर रहेको जनाएको छ ।
डोल्मा ग्रुपअन्तर्गत डोल्मा इम्प्याक्ट फन्ड, डोल्मा हिमालयन इनर्जी, डोल्मा कन्सल्टिङ तथा डोल्मा फाउन्डेसन रहेको उल्लेख छ ।
 

यसमा तपाईको मत