बजार संक्षेप

कुमारीको शाखारहित सेवा विस्तार

  नागरिक   2020-01-01

काठमाडौं– कुमारी बैंकले कास्कीको अन्नपूर्ण–११ छोम्रोंगबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । 
तमु ल्होसारको अवसरमा उक्त सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेको बैंकले जनाएको छ ।
बैंकले कास्कीको पोखरा, लेकसाइड तथा बिरौटा शाखामार्फत बैंकिङ सेवा दिँदै आएको जनाउँदै नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उक्त सेवा विस्तार गरेको जानकारी गराएको छ ।
हाल बैंकले एक सय १९ शाखा, एक सय १५ एटिएम, पाँच एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ । 

यसमा तपाईको मत