बजार संक्षेप

प्रभु बैंकको शाखा विस्तार

  नागरिक   2020-01-27

काठमाडौं– प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले गरेको बैंकले जनाएको छ ।
बैंकले विस्तारित शाखामार्फत व्यावसायिक सञ्जाल विस्तार गर्दै सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरेको छ ।
उक्त शाखाबाट स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ–संस्थाले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिबृदी भई स्थानीय स्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्व राख्ने विश्वास गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
शाखा उद्घाटन कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको बैंकले जनाएको छ।

    
 

यसमा तपाईको मत