बजार संक्षेप

बाग्लुङ्गमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

  नागरिक   2019-12-27

काठमाडौँ- प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिकास्थित वडा नं ३ जिल्ला प्रशासन कार्यालयमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बाग्लुङ्गस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको बाग्लुङ्गका प्रमुख जिल्ला अधिकृत श्री लुक बहादुर क्षेत्रीज्यूूले एक समारोहका विच समुद्घाट्न गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ। प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको कम्पनीले जनाएको छ। 
प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा ATM, ३९ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत  अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यसमा तपाईको मत