बजार संक्षेप

जि.प्र.का.सिराहामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

  नागरिक   2020-01-08

काठमाडौँ- प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सिराहा जिल्लाको सिराहा नगरपालिकास्थित वडा नं ७ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सिराहास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ पौष २३ गते सिराहाका प्रमुख जिल्ला अधिकृत श्री गोपाल कुमार अधिकारीले एक समारोहका विच समुद्घाट्न गरेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा ब्त्ःः, ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रवाह गरिरहेको उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
 

यसमा तपाईको मत