काठमाडौँ- नेपाल बिल्ड टेक एक्स्पो २०२० शुक्रबारदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ। नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा माघ ३ देखि ५ गतेसम्म हुने मेलामा अन्तर्राष्ट्रिय स्तरका हेभी इक्विपमेन्ट तथा निर्माण सामग्री प्रदर्शनीमा राखिनेछ। नेपाल निर्माण व्यवसायी महासंघका महासचिव,रोशन दाहालले नेपाल बिल्ड टेक एक्स्पो २०२०को सम्पूर्ण तयारी पूरा भएको बताए। निर्माण व्यवसायीले एकै ठाउँमा सबै प्रकारका उपकरणबारे जानकारी पाउँछन्। यो एक्स्पो धेरै पहिलादेखि नै आयोजना गर्न चाहिरहेका थियौं। तर यसपटक आयोजना गर्न सफल भएका छौं। हामी आगामी वर्ष पनि एक्स्पो आयोजना गर्नेछौं। एक्स्पोमा निर्माण प्रविधि तथा सामग्रीको बिक्री भन्दा पनि मुलुकभरका करिब १५ सय बढी निर्माण व्यवसायीमा हेभी इक्विपमेन्टको प्रयोगसँगै समयअनुसार प्रविधिमा आएको परिवर्तनको समेत निर्माण व्यवसायीलाई जानकारी गराइन्छ। यो एक्स्पोले वास्तविक निर्माणसँग जोडिएका व्यवसायीको चासो र मागलाई सम्बोधन गर्ने आशा गरेका छौं। सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन र पूरा हुन बाँकी अन्य मागबारे साधारण सभामा छलफल भई महासंघको भक्तपुर घोषणापत्र जारी गर्ने कार्यक्रम छ। सोही अवसरमा निर्माण क्षेत्रमा केन्द्रित भई विज्ञहरूको लेखरचना समेटिएको महासंघको मुखपत्र ‘नेपाली निर्माण विशेषांक’ विमोचन गर्नेछौं। एक्स्पोलाई भवय बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा गरेका छौं।
यसमा तपाईको मत