बजार संक्षेप

महिन्द्राद्वारा नेपालगन्जमा बिक्री कक्ष विस्तार

  नागरिक   2019-10-24

काठमाडौं– अग्नि गु्रपअन्तर्गतको बालाजु अटो वर्क्सको आधिकारिक बिक्रेता गनापुर अटो वक्र्स सर्भिस सेन्टरले महिन्द्रा गाडीका लागि हालै स्पेयर पार्ट्स तथा लुब्रिकेन्ट बिक्री कक्ष विस्तार गरेको छ ।
नेपालगन्जको गनापुरमा सञ्चालनमा ल्याएको उक्त बिक्री कक्षमा स्पेयर पार्टस्, एक्सेसरिज एवं लुब्रिकेन्ट उपलब्ध रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बिक्री कक्षबाट जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुने कम्पनीको विश्वास छ ।
बिक्री केन्द्रको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं  नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअधक्ष्य कृष्णप्रसाद श्रेष्ठ र गनापुर अटो वर्क्स सर्भिस सेन्टरका प्रबन्ध निर्देशक पार्थ भुसालका साथै बालाजु अटो वर्कस्का प्रतिनिधिले गरेको जनाइएको छ ।
 

यसमा तपाईको मत