बजार संक्षेप

सिद्धार्थ बैंकको शाखा विस्तार

  नागरिक   2020-01-02

काठमाडौं– सिद्धार्थ बैंकले सर्लाहीको हरिवन र बाँकेको न्युरोड नेपालगन्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 
सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएकोे छ ।
उक्त शाखा विस्तारपश्चात बैंकको कुल शाखा सञ्जाल संख्या चार एक्सटेन्सन काउन्टरसहित एक सय ७८ पुगेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, एक सय एक शाखारहित बैंकिङ सेवा, एक सय ९७ एटिएम र १६ सयभन्दा बढी पिओएस मेसिनमार्फत यसले सेवा दिँदै आएको छ । 

यसमा तपाईको मत