बजार संक्षेप

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

  नागरिक   2019-11-13

काठमाडौँ- माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। बैंकले चितवन जिल्लाको हाकिमचोक र पर्सा, नवलपरासी जिल्लाको वर्दघाट, रुपन्देहि जिल्लाको मनिग्राम, कपिलबस्तु जिल्लाको चन्द्रौटा र तैलिहवा, दाङ्ग जिल्लाको तुल्सीपुर र लमही, वर्दिया जिल्लाको गुलरिया तथा कैलाली जिल्लाको लम्की र अत्तरियामा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाएको छ।
उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपालीका तथा नगरपालीकाका स्थानिय जनप्रतनिधि एंव तथा माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले  संयुक्त रुपमा समुद्घाटन गरेको उक्त प्रेस बिज्ञप्तिमा जनाएको छ। 

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा बैंकले २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।  
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४४ वटा शाखाहरु र १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७७ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै  देशभर रहेका १६७ वटा एटीएमहरु मार्फत बैंकले २४ सै घण्टा सेवा प्रदान गर्दे आएको छ । 

यसमा तपाईको मत