बजार संक्षेप

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

    2019-07-21

काठमाडौं– ‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ।
साउन ५ देखि राजाधानीको जोरपाटीमा रहेको नामी कलेजमा हुँने उक्त एक्स्पो दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म खुला रहने आयोजक एभरेस्ट ह्याकथनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विद्यार्थी, डिजाइनर, उद्यमी, ह्याकर सबै साना समूहमा टोलीबद्ध भई प्रस्तुत गरिएका चुनौतीको सिर्जनात्मक र रोचक समाधानको विकास र विचार आदानप्रदान गर्न एक्स्पो कोसेढुंगा साबित हुने विज्ञप्तिमा उल्लेख छ ।
आयोजकका अनुसार ह्याकिङ एक्स्पोमा सर्वसाधारणदेखि प्रतिष्ठित व्यापारी, रोजगारदाता र लगानीकर्ताको उपस्थिति रहनेछ ।
एक्सपोमा साझा प्रतिक्रियाका आधारमा विजेता हुनेको मूल्यांकन तथा नविनता, डिजाइनको गुणस्तर, डब्लुओडब्लु कारक र प्रस्तुतीकरण आदिको मूल्यांकनका आधारमा १० उत्कृष्ट टोली चयन गरिनेछ । चुनिएका टोलीमध्ये    
पहिलोलाई ५० हजार रुपैयाँ र फिनल्यान्डको हेलसिन्कीमा आयोजना गरिने ‘जंक्सन’मा सहभागिताको अवसर दिइनेछ । त्यस्तै, दोस्रो हुने टोलीलाई २५ हजार रुपैयाँ र तेस्रो टोलीलाई  १५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
एक्सपोमा सहभागिता जनाउन सर्वसाधारणले सय रुपैयाँ र  विद्यार्थीले ५० रुपैयाँ प्रवेश शुल्क बुझाउनु पर्नेछ ।

यसमा तपाईको मत