बजार संक्षेप

एभरेस्ट बैंकको सहयोग

    2019-08-05

काठमाडौं– एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टिच फर नेपाललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । 
विश्वविद्यालयका उत्कृष्ट र अनुभवी युवाको मुभमेन्ट रहेको उक्त संस्थाले विगत दुई वर्षदेखि नेपालका सार्वजनिक विद्यालयमा अध्यापन गराइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
बैंकले हाल ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र एक सय १९ एटिएमसहितको बृहत् सञ्जालमार्फत सेवा दिँदै आएको जनाएको छ । हालै क्यामेल्स रेटिङमा बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको पनि विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत