बजार संक्षेप

एभरेष्ट बैंक र मेडीसिटी अस्पताल बीच साझेदारी

    2019-07-03


काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले नेपाल मेडीसिटी हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । 
बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडि परामर्श तथा प्याकेजहरु बाहेक अन्य सेवा–सुविधाहरुमा ७% छुट पाउँन सक्नेछन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले भिषा डेबिट कार्ड स्वाइप  गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्नेछन् । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।
 

यसमा तपाईको मत