बजार संक्षेप

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

  नागरिक   2019-10-20

काठमाडौं– एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ ।
बैंकले रजत जयन्तीको अवसर पारेर रक्तदान, निःशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 
बैंक सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीको सहभागिता रहेको उक्त कार्यक्रममा एक हजारभन्दा बढीको उपस्थिति रहेको तथा सयजनाले रक्तदान गरेको पनि बैंकले जनाएको छ ।
हाल बैंकले ९४ शाखा कार्यालय, ३० राजस्व संकलन केन्द्र, एक सय २२ एटिएममार्फत सेवा दिँदै आएको छ ।
 

यसमा तपाईको मत