बजार संक्षेप

एभरेस्ट बैंकद्वारा स्कुलमा शौचालय निर्माण

  नागरिक   2019-09-04

काठमाडौं– जोन्टा क्लब काठमाडौंले एभरेस्ट बैंकको सहयोगमा नवलपरासीको तल्लो भ्युरन मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ स्थित बालसिद्ध बेसिक स्कुलमा शौचालय निर्माण गरेको छ ।
बैंकको नारायणगढ शाखाका डेयुटी म्यानेजर प्रभात उप्रेती र जोन्टा क्लब काठमाडौंकी प्रेसिडेन्ट सीमा गोल्छाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई उक्त शौचालय हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शौचालयको अभावमा बाल–बालिकाले स्कुल छोड्न थालेको जनाउँदै बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । 
 

यसमा तपाईको मत