बजार संक्षेप

एभरेष्ट बैंकको ४.३२ प्रतिशत नगद लाभांश प्रस्ताव

  नागरिक   2021-10-29

एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठक लाभांश प्रस्ताव गरेको हो।बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ७३ लाख रूपैयाँ पुग्नेछ।

यसमा तपाईको मत