बजार संक्षेप

एभरेस्ट बैंकको रक्तदान र निःशुल्क शिविर

  नागरिक   2021-10-19

एभरेस्ट बैंकले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ। कार्यक्रममा बैंकका ५० भन्दा बढी कर्मचारी र ग्राहकले रक्तदान गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।  

त्यसैैगरी सयभन्दा बढी कर्मचारीर ग्राहक निःशुुल्क स्वास्थ्य जाँच शिविरबाट लाभान्वित भएको बैंकले जनाएको छ। शिविरमा विरिष्ठ चिकित्सकले कोभिड–१९ पछिको अवस्थाबारे परामर्श दिएका थिए।  

वार्षिकोत्सवमा बैंकले २५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान पनि गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंखमूलस्थित घाटमा विद्युतीय शवदाह उपकरण उपलब्ध गराउन ललितपुर महानगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।  

समझदारीपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङर ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साटासाट गरेको विज्ञप्तिमा उल्लेख छ। सोही अवसरमा बैंकले वानेश्वरस्थित शाखाका एकजना पुराना ग्राहकलाई अभिनन्दन पनि गरेको थियो ।

यसमा तपाईको मत