बजार संक्षेप

एभरेष्ट बैंकको वार्षिकोत्सवमा कार्यक्रम

  नागरिक   2019-10-23

काठमाडौं– एभरेष्ट बैंकले आफ्नो २५ औं वार्षिकोत्सव सुदूर पश्चिम प्रदेशमा बिबिध कार्यक्रम गरी मनाईएको छ ।
उक्त अवसरमा धनगढीस्थित प्रादेशिक तथा शाखा कार्यालयमा शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोहि अवसरमा राष्ट्र बैंक धनगढीका निर्देशक निश्चल अधिकारी, बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख राजकुमार शाक्य र शाखा प्रबन्धक चन्द्र बहादुर गुरुङले केक काटेर शुरु भएको वार्षिकोत्सव कार्यक्रममा धनगढी शाखामा पहिलो खाता खोल्ने ग्राहक हरीप्रसाद पाण्डेयलाई सम्मान गरेको जनाएको छ ।
सोहि अवसरमा सुदूरपश्चिममा रहेका १३ शाखाले वित्तिय साक्षरता, रक्तदान, आँखा शिविर सञ्चालन गर्नुका साथै अनाथ तथा बिपन्न बर्गहरुलाई खाद्यान्न तथा लुगाकपडा सहयोग गरेको जनाइएको छ ।
 

यसमा तपाईको मत