बजार संक्षेप

एघारौं कृति अवार्ड सम्पन्न

  नागरिक   2019-09-02

काठमाडौं– नेपाली विज्ञापन सिर्जनाको सम्मानार्थ २०६० सालमा सुरु कृति अवार्डको ११औं सस्ंकरण ‘नेपाल आइस ११औंं कृति अवार्डस् २०७६’ सम्पन्न भएको छ ।
नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटनमा बोल्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा क्लिन फिड लागू भइसकेको परिप्रेक्ष्यमा कार्यान्वयनका लागि सरोकारवालासँग समन्वय गरी नियमावली र कार्यविधि निर्माण गर्न सरकार प्रतिबद्ध रहेको जनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा ३१ विधाका उत्कृष्ट विज्ञापनलाई अवार्डसहित सम्मान गरिएका छ । 
यसपटकको कृति अवार्डको मुख्य प्रायोजक नेपाल आइस, पावर्ड बाई सिजी सिमेन्ट, इन एसोसिएसन विथ नेपाल टेलिकम थियो । साथै बैंकिङ पार्टनरको रुपमा मुक्तिनाथ विकास बैंक र अन्य प्रायोजकमा कृषि विकास बैक, नेपाल मेडिसिटी हस्पिटल, हिमाल रेमिट, यति कार्पेट, सेफ्ट हाइजिन,  जेबी टेलर्स, नेपाल टुरिजम बोर्ड र सोल्टी होटललाई सम्मान–पत्र दिइएको थियो  । ३१ विधाको अवार्डका लागि ६१ एजेन्सीले सहभागिता जनाएकोमा विभिन्न एजेन्सीले पुरस्कार पाएका छन् । 
 

यसमा तपाईको मत