बजार संक्षेप

अपर नौगाडबाट विधुत् उत्पादन

  नागरिक   2019-09-25

काठमाडौं– अपि पावर कम्पनीले आठ मेगावाटको अपर नौगाड जलविधुत् आयोजनाको निर्माण सम्पन्न गरी सफल परीक्षण गरेको छ । एक अर्ब ६० करोडको कुल लागतमा निर्माण सम्पन्न उक्त आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घन्टा विधुत् उत्पादन गर्ने अनुमान रहेको विज्ञप्तिमा उल्लेख छ ।
यो आयोजनाको बिजुली नेपाल विधुत् प्राधिकरणले निर्माण गर्ने अत्तरिया बलाँच सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा प्रवाह हुने जनाइएको छ ।

यसमा तपाईको मत