बजार संक्षेप

आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन हुने

  नागरिक   2019-09-04

काठमाडौं– मानव संसाधन समाज नेपालले आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ आयोजना गर्ने भएको छ । मानव संसाधन विकासको क्षेत्रमा लागिपरेको दाबी गर्ने संस्थाले भदौ २० गते सम्मेलनको तयारी रहेको विज्ञप्तिमा जनाएको छ ।
सम्मेलनमा नेपालका विभिन्न संघ–संस्थामा कार्यरत मानव संसाधन अधिकृत, व्यावसायिक व्यक्तित्व, ट्रेनिङ म्यानेजर, प्रमुख कार्यकारी अधिकृत, निर्देशक, एचआर प्रोफेसनल लगायतको सहभागिता रहने उल्लेख छ ।
सम्मेलनबाट नेपालमा मानव संसाधनको अवस्था र यसको प्रयोगबारे विश्लेषण गर्दै भविष्यको लागि कस्तो मानव संसाधन आवश्यक पर्छ भन्नेबारे दिशानिर्देशन गर्न सहयोग पुग्ने जनाइएको छ ।
सम्मेलनमा पहिलोपटक नेपालमा गरिएको नेपाल स्किल रिपोर्टको प्रारम्भिक अध्ययनको प्रतिवेदन पनि सार्वजनिक हुने जनाइएको छ । 

यसमा तपाईको मत