बजार संक्षेप

सांग्रिला बैंकद्वारा आर्थिक सहयोग

    2019-08-07

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले प्रदेश नम्बर १ को धरानस्थित विजयपुर आध्यात्मिक मञ्चलाई एक लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।
उक्त सहयोगले सिंहदेवी मन्दिरदेखि दुईधारे पथ हुँदै विजयपुर चोकसम्मको पैदल रेलिङ मार्ग निर्माणमा खर्च हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त क्षेत्रमा रहेका बूढासुब्बा, दन्तकाली तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपीठमा आन्तरिक पर्यटनमा टेवा पु¥याउन पनि सो रकमले सहयोग पुग्ने बैंकको अपेक्षा छ ।
घरान शाखाका शाखा प्रबन्धक विप्लवराज खनालले संस्थाका अध्यक्ष पितरुमल अग्रवाललाई सो रकम हस्तान्त्तरण गरेको बैंकले जनाएको छ । ८६ शाखा कार्यालयबाट सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आएको बैंकले जनाएको छ । 

यसमा तपाईको मत