बजार संक्षेप

नाडामा दुलाल अध्यक्ष

  नागरिक   2019-12-16

काठमाडौं– नाडा आटोमोबाइल एसोसिएसन अफ नेपालमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल अध्यक्ष चुनिने पक्का भएको छ । दुलाल पूर्वाञ्चल ल्युब आयल प्रालिका सञ्चालक हुन् । 
अध्यक्ष पदमा उनको मात्र उम्मेदवारी परेकोले उनी निर्वाचित हुने पक्का भएको हो । त्यसैगरी, १४ जना केन्द्रीय कार्यसमिति सदस्य पनि निर्विरोध भएका छन् । चारजना संस्थागत सदस्य पनि निर्विरोध हुने एसोसिएसनले जनाएको छ । संस्थागत सदस्यमा ऋषिकुमार ढकाल, ध्रुवबहादुर थापा, नवराज डल्लाकोटी र सुवास आचार्य चुनिएका छन् । 
कार्यसमिति सदस्यमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, दिपककुमार अग्रवाल, निराकार श्रेष्ठ, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणि पाठक निर्विरोध भएका हुन् । 

यसमा तपाईको मत