बजार संक्षेप

एचआईडिसिएलको लाभांश घोषणा

  नागरिक   2021-11-02

हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफा लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको कार्तिक १५ गते बसेको बैठकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशतले हुने आउने एक अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र ०.४२ प्रतिशतका दरले हुन आउने ७ करोड ८७ लाख ३६ हजार ८४२ रुपैयाँ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो।

उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

यसमा तपाईको मत