बजार संक्षेप

मुक्तिनाथ रेमिटको पुरस्कार वितरण

  नागरिक   2019-12-23

काठमाडौं– मुक्तिनाथ विकास बैंकअन्तर्गतको मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्ष्य गरी गत भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू गरेको रेमिट्यान्स केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियानका भाग्यशाली विजेतालाई विभिन्न ७६ पुरस्कार वितरण गरेको जनाएको छ । 
यस अभियानअन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्सबाट आएको रकम बैंकबाट लिने ग्राहकमध्येबाट छानिएका विजेतालाई पुरस्कार वितरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ । ७६ पुरस्कारमध्ये २५ जनालाई ब्लुटुथ स्पिकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्टफोन, सातजनालाई ३२ इन्चको स्मार्ट कलर एचडी टिभी, पाँचजनालाई दुई सय लिटरको फ्रिज, तीनजनालाई ल्यापटप र एकजनालाई स्कुटर वितरण गरिएको जनाइएको छ । बैंकले ४२ जिल्लाका एक सय ३४ शाखामार्फत सेवा दिइरहेको विज्ञप्तिमा छ । 
 

यसमा तपाईको मत