बजार संक्षेप

नाडा प्रतिनिधि र अर्थ मन्त्री विच छलफल

  नागरिक   2020-01-16

काठमाडौँ- नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ९ सदसिय नाडा प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री डा. युवराज खतिवडासंग भेटी फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।
उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले अटोमोवाइल व्यवसाय सुस्ताउदै गएको, अटोलोनमा धेरै समस्याहरु देखा परेको, नाडाले VCTSका सम्बन्धमा देखा परेको समस्याहरुको निराकरणका लागि छिट्टै तत्सम्बन्धी प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गर्न लागेको जानकारी उक्त संस्थाद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। सोही क्रममा अध्यक्ष दुलालले काठमाण्डौ उपत्यकाको सडक तथा पुल निर्माणमा भईरहेको ढीलाई बारे जिज्ञाशा राख्दै कर कार्यालयका अधिकारीहरुले व्यवसायीहरुलाई गर्ने व्यवहार सम्मानजनक हुन नसकेको गुनासो समेत गरेको उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । 
त्यसैगरी सो भेटघाटमा उपाध्यक्ष करण चौधरीले अटोमोवाइल व्यवसाय सुस्ताएको कारण डिलरहरुको लगानी डुब्ने अवस्था उत्पन्न भएको दुखेसो पोखे भने सोहि छलफलमा महासचिव सुनिल रिजालले स्वच्छ व्यवसायको प्रवर्धनमा देखा परेका समस्या तथा चुनौतिहरुबारे आफना धारणा राखेको जनाएको छ। सोहि क्रममा उपस्थित नाडाका पदाधिकारी तथा सदस्यहरुले हेवि इक्युपमेण्टस तथा कमर्सियल सवारी साधनहरुको व्यवसायमा देखा परेका समस्याहरुको बारेमा पनि चर्चा गरेको उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
उक्त छलफलको क्रममा माननीय मन्त्री डा. खतिवडाले भारतबाट आउने भाडाका गाडिहरुको विषयमा चर्चा गर्दे अटोमोवाइल स्पेयर पार्टसको अवैध व्यापारलाई रोक्न आधिकारिक विक्रेताले मात्र स्पेयर पार्टस पैठारी गर्न पाउने सुझाव सकारात्मक रहेको बताए। उनले उच्च प्रविधिका विधुतिय सवारी साधनहरुलाई सरकारले उच्च प्राथमिकता दिने बताउदै बैङ्कहरुले लिने व्याज खाशगरी अटो लोनलाई पनि प्रणालीगत रुपमा स्थापित गर्ने बताए। सवारी साधनको व्यवसाय विशिष्ट किसिमको भएको भन्दै नेपाल विश्व व्यापार संङ्गठनको सदस्य भएको हैसियतले सवारी साधनहरुमा लाग्ने करको दरमा पुर्नविचार गरिन लागेको जानकारी समेत दिएको जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । सोही क्रममा उहाले सुस्ताएको अटोमोवाइल व्यवसायलाई उठाउन व्यवसायीहरुले महशुस गर्ने गरी कार्यक्रम ल्याइने आश्वासन समेत दिएको जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
  अर्थ मन्त्रालयलका राजश्व सचिव शिशिर ढुङ्गानाको समेत उपस्थिति रहेको सो छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणी पाठक, कपिल शिवाकोटी र प्रकाश कपुरी समेतको उपस्थिति रहेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।                                                                        
                                                                         
                                                               
 

यसमा तपाईको मत